ताजा अपडेट »

सहकारी ठगी प्रकरणमा पक्राउ परेका रविको आक्रोस : ओली सरकार ढाल्नुपर्छ

आइतबार, ०४ कार्तिक २०८१, १४ : ५५
64 Shares
आइतबार, ०४ कार्तिक २०८१
64 Shares

पोखरा ।  प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी ओलीमाथि आक्रोश व्यक्त गरेका छन् । आज प्रहरीले म्याद थपका लागि अदालत लैजादै गर्दा छोटो सम्वोधन गर्दै यो सरकार ढालिहाल्नुपर्ने बताए ।

केपी ओली नेतृत्वको यो सरकार रहिरहँदा देशले धेरै दुख पाउने दाबी गर्दै उनले देशभर आन्दोलनको आह्वान गरे । सञ्चारकर्मीसहरुमाझ प्रतिक्रिया दिँदै उनले भने ‘मलाई अदालतले न्याय दिनेमा निर्धक्क छु । तर देशभरबाट सबैजनालाई यो सरकारविरुद्ध उत्रिन आह्वान गर्छु । केपी ओलीको सरकार रहिरहने हो भने देशले धेरै दुःख पाउँछ । त्यसैले यो अधिनायकवादी सरकारविरुद्ध यही बेलामा देशैभरिबाट जहाँ-जहाँ हुनुहुन्छ, मेरो लागि होइन, देशका लागि बाहिर निस्किनुपर्ने अवस्था आउन सक्छ ।’

उनले अगाडि भने, ‘म सबैलाई अपिल गर्छु । सम्पूर्ण न्यायप्रेमी दाजुभाइ दिदीबहिनी, यो सरकार रहुञ्जेल यस्तै हर्कत गर्छ । यो सरकार नढलेसम्म, केपी ओलीको शासनसत्ता रहिरहेसम्म यस्ता अपराध भइरहन्छन् । यो सरकारबाट देश कहिल्यै बन्दैन । भ्रष्टाचारीलाई संरक्षण गरेर, सारा सहकारी ठग पार्टीभित्र पालेर, भ्रष्टाचारको जगमा उभिएर अर्कालाई ठग भनेर झूट्टा मुद्दा लगाउने रु मलाई जस्तै डेढ वर्ष लगाएर ओलीलाई छानविन गर्ने हो भने सबैभन्दा भ्रष्टाचारमा उभिएको मानिस केपी ओली हो । उनी देशको प्रधानमन्त्री हुनु दुर्भाग्य छ ।’

‘मलाई न्याय अदालतले दिन्छ । न्याय प्रक्रियामा सघाउन आएको हुँ । यो अन्तिम लडाईं हो । राज्यशक्ता कब्जा गर्ने र निर्दोष मान्छे फसाउने यिनीहरुको यो सत्ता अन्त्य हुनुपर्छ । घरघरबाट आएर आएर यो सरकारको विरोध गर्न अनुरोध गर्छु ।’–रविले भनेका छन् ।

सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका रास्वपाका सभापति लामिछानेलाई अदालत उपस्थित गराउने क्रममा कार्यकर्ताले निषेधित क्षेत्र तोडेर प्रर्दशन गरेका थिए । पोखराको सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु ९जिवी राई० सँग मिलेर सभापति लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको विषयमा उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।