ताजा अपडेट »

ब्रिटिस ग्रामर स्कुलले डान्स रुपन्देही डान्सकी उपविजेता ग्रिष्मा भुसाललाई गर्यो सम्मान

आइतबार, ०४ कार्तिक २०८१, १४ : ०७
652 Shares
आइतबार, ०४ कार्तिक २०८१
652 Shares

बुटवल । डान्स रुपन्देही डान्स (डिआरडी) २०८१, खुल्ला डान्स कम्पिटिशनको जुनियर तर्फकी उपविजेता ब्रिटिस ग्रामर स्कुल रुपन्देहीको  कक्षा ४ मा अध्ययनरत छात्रा ग्रिष्मा भुसाललाइ विध्यालयले सम्मान गरेकाे छ। तिलोत्तमा नगरपालिका ५ स्थित खुशीक्याड इन्टरटेन्मेन्ट प्रा.लि. को आयोजनामा शनिवार सम्पन्न प्रतियोगितामा ग्रिष्माले  जुनियर तर्फ रनरअपकाे उपाधि जितेकी थिइन । उपाधिसँगै उनले १० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरिन।

जुनियरतर्फ उपविजेता बनेकी ग्रिष्मालाई आज विद्यालयले एक भव्य कार्यक्रम गरी सम्मान गरेको छ । सम्मान कार्यक्रममा ग्रिष्माका माता पिता सृष्टि भुसाल र गौतम भुसाललाई समेत सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य दिल बुढाथोकीले ब्रिटिस ग्रामर स्कुल रुपन्देहीको एउटा विध्यार्थीले जिल्ला स्तरकाे कार्यक्रममा सहभागी भइ उप विजेताकाे उपाधी उचालेर विध्यालयकाे गरीमा समेत बढाएकाे भन्दै उप विजेता भुसाललाइ बधाइ प्रकट गरेका थिए ।

कार्यक्रममा बाेल्दै प्रचार्य बुढाथाेकीले विद्यालयले बालबालिकाको क्षमता पहिचान गरी सबै खालका प्रतिभा प्रस्फुटन गर्न लागिपरेको बताए । त्यसै गरी अभिभावक गौतम भुसालले छोरीको प्रतिभा बाहिर ल्याउन विद्यालयले खेलेको भूमिकाको प्रशंसा गर्दै सबै विद्यार्थीका अभिभावकले आफ्ना नानीबाबुको हरेक क्षमता बाहिर ल्याउन लाग्नु पर्ने बताए।

6349072d-d897-43f5-a521-79c32e6ce9fa

सम्मान कार्यक्रममा सम्मानित विद्यार्थी ग्रिष्मा भुसालले सम्मानका लागि विद्यालय परिवारलाई धन्यवाद व्यक्त गरैकी थिइनभने उपविजेता बनेकाे खुशसीयालीमा सबै सहपाठी विद्यार्थी साथीहरू तथा गुरूहरूलाइ मिठाइ बितरण गरेकी थिइन । सम्मान कार्यक्रमकाे संचालन विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवरले गरेका थिए ।

रूपन्देही भित्रका नीजी तथा सामुदायिक विद्यालयका विद्यार्थी सहभागी भएकाे उक्त प्रतियाेगिता सम्पन्न गर्न २ महिना लागेको थियो भने अडिसनमा सिनियर र जुनियर गरी १०० भन्दा वढीले भाग लिएका थिए । प्रतियोगिताको सिनियरमा १३ देखि २० वर्षसम्ममा र जुनियर तर्फ ५ देखि १३ वर्ष उमेर समुहका प्रतिस्पर्धीहरुले प्रतिसपर्धा गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।