ताजा अपडेट »

पोखरामा सहकारी पीडितको पनि प्रदर्शन

आइतबार, ०४ कार्तिक २०८१, १३ : २०
62 Shares
आइतबार, ०४ कार्तिक २०८१
62 Shares

कास्की । पोखरा महानगरपालिका १७ मुस्ताङचोक सहकारीपीडितले प्रदर्शन गरेका छन् । यसअघि राष्ट्र बैंकचोकमा प्रदर्शन गर्ने तयारी गरे पनि जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा जारी गरेपछि उनीहरूले मुस्ताङचोकमा प्रदर्शन गरेका हुन् ।

सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समितिरसहकारी बचत पीडित संघ कास्कीको आयोजनामा प्रदर्शन गरिएको हो । गोर्खा मिडिया प्रालिमा दुरुपयोग भएको बचत रकम तुरुन्त फिर्ता गर्न उनीहरूको माग छ । गोर्खा मिडिया प्रालिका सञ्चालकका विषयमा निष्पक्ष छानबिन गर्नसमेत उनीहरूको माग छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेपछि नेता कार्यकर्ताले शनिबार र आइतबार पोखरामा प्रदर्शन गरेका छन् । रास्वपा नेता कार्यकर्ता सहिदचोकमा प्रदर्शन गरिरहेका छन् । दुई पक्षबीच झडप हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबार बिहान पौने १२ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।