ताजा अपडेट »

सुपर ओभरमा जित दर्ता गर्दै एक खेल अगावै टी २० आई सिरिजको उपाधि नेपाललाई

आइतबार, ०४ कार्तिक २०८१, ०९ : ५०
252 Shares
आइतबार, ०४ कार्तिक २०८१
252 Shares

काठमाडौं । नेपालले एक खेलअगावै अमेरिकाविरुद्धको टी(२० सिरिजको उपाधि जितेको छ ।  दोस्रो खेलमा अमेरिकालाई सुपर ओभरमा हराउँदै नेपालले टी(२० सिरिजको उपाधि जितेको हो । सुपर ओभरमा ३ रनको लक्ष्य पाएको नेपालले २ बल अगावै पूरा गर्‍यो ।

यसअघि नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाएर १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । अमेरिकाका आन्देस गौसले सर्वाधिक ६२ रन जोडे । बलिङमा नेपालमा करण केसीले सर्वाधिक ३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७० रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले विस्फोटक ब्याटिङ गरे । ५४ बलको सामना गरेका उनले ९२ रन बनाएका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।