ताजा अपडेट »

विस्फाेटक ब्याटीङ सहित लयमा फर्किए कुशल, अमेरिकालाई १७१ रनको लक्ष्य

आइतबार, ०४ कार्तिक २०८१, ०७ : ३९
196 Shares
तस्विरः क्यान नेपाल
आइतबार, ०४ कार्तिक २०८१
196 Shares

बुटवल । लामाे समय देखि  रनकाे खडेरी व्यहाेरेका कुशल भुर्तेलको विस्फोटक ब्याटिङमा नेपालले दोस्रो टी-२० आई खेलमा घरेलु टोली अमेरिकासामु १ सय ७१ रनको लक्ष्य प्रस्तुत गरेको छ।अमेरिकाको डालासस्थित ग्राउन्ड पेरी स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७० रनको योगफल तयार पारेको हो। 

लामाे समय देखि  खासै रन बनाउन नसक्दा समर्थकहरूकाे आलाेचना खेपेका  कुशलले उत्कृष्ट पारी खेले । नेपालका लागि तेस्रो नम्बरमा ब्याटिङमा आएका कुशलले ५४ बलकाे सामना गर्दै ७ चौका र ६ छक्का प्रहार गर्दै सर्वाधिक ९२ रनको योगदान दिए।  ।३१ बलमा २ चौका र १ छक्का प्रहार गरेका ओपनर अनिल शाह २५ रनमा पेभेलियन फर्किए।

अर्का ओपनर आशिफ शेख तेस्रो ओभरको चौथो बलमा ४ बलमा १ रन बनाउँदा सौरभ नेत्रवल्करको बलमा एलबीडब्लु धरापमा परे। गुल्सन झा १९ र कप्तान रोहित पौडेल १८ रनमा आउट भए भने दीपेन्द्र सिंह ऐरी २ रनमा क्याच आउट हुन पुगे । आशिफ शेख भने १ रनमा रनआउट भए। 

अमेरिकाका लागि नोतुस र जसदीप सिंहले समान २ विकेट लिए। सौरभले एक विकेट झारे। नेपालले पहिलो टी-२० आई खेलमा १७ रनको जित निकालेको थियो। नेपालले आजको खेलमा अघिल्लो खेलको टोलीलाई नै निरन्तरता दिएको हाे। तीन खेलको सिरिजमा नेपाल आजको खेलमा अमेरिकालाई हराउँदै एक खेलअगावै सिरिज आफ्नो पक्षमा पार्न आतुर छ भने घरेलु टाेली अमेरिका भने पहिलो जित निकाल्दै सिरिज बराबरी गर्ने योजनामा छ।

नेपाली राष्ट्रिय क्रिकेट टोली हाल अमेरिका भ्रमणमा छ। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।