ताजा अपडेट »

आइतबार बिहान नेपाल र अमेरिका बीच जारी टी-२० आईको दोस्रो खेल

शनिबार, ०३ कार्तिक २०८१, २२ : ५०
148 Shares
शनिबार, ०३ कार्तिक २०८१
148 Shares

बुटवल । नेपाल र अमेरिका बीचको टी-२० आई अन्तरगतको दोस्रो खेल आइतबार विहान हुँदै छ । नेपाल अमेरिकाविरुद्धको टि-२० आई सिरिज एक खेल अगावै आफ्नो पक्षमा पार्ने लक्ष्यका साथ नेपाली समय अनुसार आइतबार विहान ५ः४५ बजे मैदानमा उत्रने छ । 

अमेरिकाको डालसमा रहेको ग्रान्ड प्रेरी स्टेडिममा हुने दोस्रो खेलमा अमेरिका पनि जित हात पार्दै सिरिजमा १-१ को बराबरी गर्न चाहन्छ । पहिलो टी-२० आई खेलमा ब्याटिङ र बलिङ दुवै पक्षमा सबल देखिएको नेपालले १७ रनको जित निकाल्दै ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।

तेस्रो तथा अन्तिम टी-२० सोमबार बिहान रहेको छ । यो टी२० सिरिजपछि अमेरिका ए सँग नेपालले ५० ओभरको अभ्यास खेल खेल्नेछ । कात्तिक ९ गतेबाट विश्व कप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिज सुरु हुनेछ । त्रिकोणात्मक सिरिजमा घरेलु टोली अमेरिका, नेपाल र स्कटल्याण्डको सहभागिता रहनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।