ताजा अपडेट »

डान्स रुपन्देही डान्सको उपाधि मगर र गौतमलाई, जुनियरमा उपविजेता ग्रिष्मा भुसाल

शनिबार, ०३ कार्तिक २०८१, २२ : २२
664 Shares
शनिबार, ०३ कार्तिक २०८१
664 Shares

बुटवल । डान्स रुपन्देही डान्स (डिआरडि)- २०८१, खुल्ला डान्स कम्पिटिशनको उपाधि सुभाष मगर र प्रियान्सु गौतमले जितेका छन् । तिलोत्तमा नगरपालिका ५ स्थित खुसीक्याड इन्टरटेन्मेन्ट प्रा.लि. को आयोजनामा शनिवार सम्पन्न सो प्रतियोगिताको उपाधि सिनियर तर्फ सुभाष मगर र जुनियर तर्फ प्रियान्सु गौतमले जितेका हुन् ।

उपाधिसँगै उनीहरुले समान २० हजार नगरसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । यस्तै सिनियर तर्फ डान्स रुपन्देही डान्सको उपविजेता केन्जु परियार र तृतीय सम्पन्न पाण्डे भए भने  जुनियर तर्फ उपविजेता ग्रिष्मा भुसाल र तृतीय विनिशा सापकोटा भइन् । प्रतियोगितामा उपविजेताद्वय परियार र भुसालले नगद १० हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे भने तृतीय  पाण्डे र सापकोटाले पनि नगद ५ हजारसहित शिल्ल मेडल र प्रमाणपत्र प्राप्त गरे ।

222

यस्तै प्रतियोगितामा दर्शकको छनोट र आयोजकको छनोटमा पर्न सफल भएकालाई पनि पुरस्कृत गरिएको थियो । सिनियर तर्फ आयोजकको छनोटमा निष्ठा पुन मगर र दर्शकको छनोटमा किरन मगर  पर्न सफल भइन् भने जुनियर तर्फ आयोजकको छनोटमा शिर्शा आचार्य र दर्शकको छनोटमा आर्जु भण्डारी परिन् । आयोजक र दर्शकको छनोटमा परेको सबैले समान नगद २ हजार ५०० सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे ।  

पुरस्कार वितरण तथा समापन समारोह कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य हेमा बेल्वासेले प्रतियोगितामा उपाधि जितिएन भनेर निराश नहुन आग्रह गरिन् । प्रतियोगितामा सहभागि हुनु नै ठूलो कुरा रहेको र आगामी दिनमा अघि बढ्नका सहभगि हुनुले पनि अनुभवन र हौसला प्रदान गर्ने बताइन् । सोही कार्यक्रमको उद्घाटन सत्र कार्यक्रमलाई सम्बोधन गर्दै तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले बालबालिकामा  भविष्यका कर्णदार रहेकाले उनीहरुमा गरेको लगानी खेर नजाने भएकाले नगरपालिकाले सक्दो बालबालिकामा लगानी गरेको बताए । साथै उनले बालबालिकालाई पढाईसँगै विभिन्न प्रकारका अतिरिक्त क्रियाकलापमा पनि भाग गराउनु पर्ने बताए  ।

खुसीक्याटका प्रबन्ध निर्देशक दीपक भुर्तेलले बालबालिकामा रहेको अन्तर्निहित प्रतिभालाई समाजसँगै देश र विश्व माझ पुर्याउनका लागि प्रतियोगिता आयोजना गरेको बताए । आफुले आगामी दिनमा बालबालिका लक्षित कार्यक्रम गर्ने बताए । 

प्रतियोगिता सहभागि हुनका लागि रूपन्देही भित्रमा नीजि तथा सामुदायिक विद्यालयहरूलाई पत्राचार गरिएको र सोही आधारमा प्रतियोगिहरु कार्यक्रममा सहभागि भएको कार्यक्रम संयोजक जागृति क्षेत्रीले बताइन् ।  प्रतियोगिता दुई चरणमा अडिसन राउन्ड, एक चरणमा मेगा अडिसन, एक चरणमा ट्यालेन्ट सो सँगै डान्स वर्कशप, सेमिफाइनल र फाइनल गरी सम्पन्न भएको उनले बताइन् ।

अडिसन सम्पन्न गर्न २ महिना लागेको थियो भने अनिसनमा सिनियर र जुनियर गरी १०० भन्दा वढीले भाग लिएका थिए । प्रतियोगिताको सिनियरमा १३ देखि २० वर्षसम्ममा र जुनियर तर्फ ५ देखि १३ वर्ष उमेर समुहका प्रतिस्पर्धीहरु सहभागि भएका थिए ।  

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।