ताजा अपडेट »

एमाले सचिवालय बैठक आइतबार बस्दै, के हुन सक्छ एजेण्डा ?

शनिबार, ०३ कार्तिक २०८१, २२ : २२
18 Shares
शनिबार, ०३ कार्तिक २०८१
18 Shares

काठमाडौं नेकपा एमालेको सचिवालय बैठक भोलि (आइतबार) बस्ने भएको छ । साँझ ५ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बोलाइएको प्रचार तथा प्रसार विभागले जानकारी गराएको छ। 

भोलिको बैठकमा रास्वपा सभापति समेत रहेका पूर्वगृहमन्त्री रवि लामिछानेको पक्राउबारे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा ब्रिफिङ गर्नसक्ने सम्भावना रहेको नेताहरुले बताएका छन् । रवि पक्राउ परेपछि एमाले सचिवालय बैठक पहिलोपटक बस्न लागेको हो। शुक्रबार रविलाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेर कास्की लगेको छ। 


यसअघि गत असोज २४ गते पार्टी कार्यालय च्यासलमै सचिवालय बैठक बसेको थियो। सो बैठकले पार्टीको नयाँ केन्द्रीय कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको थियो। लगत्तै, व्यवसायी मीनबहादुर गुरुङले दान दिएको जग्गामा भोलिपल्टै एमालेले पार्टी कार्यालयको शिलान्यास गरेको थियो। त्यसयता, एमालेको उक्त कदमको चर्को आलोचना हुँदै आएको छ। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।