ताजा अपडेट »

आफ्नो तस्विर सार्वजनिक गर्दै रवि पक्राउ बारे सिके राउत लेख्छन् : प्रतिशोध र निषेधको राजनीति

शनिबार, ०३ कार्तिक २०८१, ०८ : ०५
126 Shares
शनिबार, ०३ कार्तिक २०८१
126 Shares

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले रास्वपा सभापति रवि लामिछाने पक्राउ परेपछि आफू पक्राउ पर्दाको तस्विर सार्वजनिक गर्दै बिरोध जनाएका छन् । उनले लामिछानेको पक्राउलाई प्रतिशोध र निषेधको संज्ञा दिएका छन्।

शुक्रबार सभापति लामिछाने पक्राउ परेपछि उनले लेखेका छन् –‘२१ सीट भएको नयाँरराष्ट्रिय पार्टीका सभापति रविजीको अहिलेको पक्राऊलाई म प्रतिशोध र निषेधको राजनीतिको अलावा केही भन्न सक्दिन । यो सुनौलो भविष्य बोकेको कोपिलालाई निमोठिएको हो, भावी पुस्ताको स्वर्णिम भविष्यलाई भ्रूणमा नै हत्या गर्न खोजिएको हो। यो पक्राऊ राज्यद्वारा ‘फ्रेमिङ्ग’ गरिएको हो।’

उनले रवि यसबाट सफलतापूर्वक निस्कनेमा आफू विश्वस्त रहेको भन्दै राज्यले चाहेको खण्डमा सडकमा हिँडिरहेको निर्दोष मानिसलाई पक्रेर २५-५० दिन अनुसन्धानको नाममा हिरासतमा राखिदिने बताए। ‘पछिल्लो दशकमा सरकारद्वारा ऐनकानूनको दुरुपयोगबाट सर्वाधिक दमनको शिकार भएको मान्छे म, दुई दर्जनभन्दा बढी पटक हिरासतरजेल जानु परेको मान्छे म। यहाँको ऐनकानून नै त्यस्तै छ कि राज्यले चाहेमा सडकमा हिँडिरहेको होस् कि घरमै सुतिरहेको जोसुकै, जस्तोसुकै निर्दोषलाई समातेर २५-५० दिन त अनुसन्धानको नाममा त्यस्तै हिरासतमा राखिदिन सक्छ, र अदालतले पछि उनलाई जतिसुकै निर्दोष साबित गरे तापनि राज्यले कुनै माफी समेत माग्नु पर्दैन’, 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।