ताजा अपडेट »

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक (भिडीयाे)

शुक्रबार, ०२ कार्तिक २०८१, २२ : ४१
8 Shares
शुक्रबार, ०२ कार्तिक २०८१
8 Shares

बुटवल । नेपाली चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार काठमाडौँमा एक कार्यक्रमबीच चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक गरीएको हो।  अभिनेता विजय बरालकाे मुख्य भुमिका रहेकाे चलचित्रमा  बुद्धि तामाङ, प्रकाश सपुत, अभिनेत्री अञ्जना बराइली, देशभक्त खनाल, अलिशा बास्कोटा, मुकुन भुषाल, भोलाराज सापकोटाको अभिनय रहेको छ । चलचित्रमा गन्धर्भ जातिकाे गाइने प्रथालाई देखाइएको छ।

सार्वजनिक ट्रेलर निकै मर्मस्पर्शी देखिन्छ । गन्दर्भ समुदायमाथि केन्द्रीत फिल्ममा बाबुछोराको सम्बन्धको कथा देखाइएको छ। पुस्तौंदेखिको गाइने पेशाले विजय जीवन धानिरहेका छन्। उनले पुरातन देखिकाे गन्दर्भ संस्कृति बाेकेर  हिडेका देखिन्छन ।  सारंगी रेटेर छोराको सपना र भविष्य बनाउन उनले  गर्ने संघर्ष वरिपरि ट्रेलर घुमेको छ।लचित्रमा विजयले बुवा तथा प्रकाश सपुतले छोराको भूमिका निर्वाह गरेका छन्।

ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता बरालले आफूले सिनेमामा पहिलो पटक गाइने पात्र गरेकाेबताए। थिएटरमा यस्तो पात्रहरूको भूमिका निभाएपनि चलचित्रमा पहिलो अनुभव रहेको बताउँदै उनले चलचित्रलाई सबैले मन पराइदिनेमा निकै आशावादी रहेको बताए। अभिनेत्री अञ्जना बराइलीले पूर्णबहादुरको सारंगीलाई पनि धेरै दर्शकहरूले मन पराउनेमा आशावादी रहेको बताइन्।

चलचत्रिमा सारंगी संस्कृति जोगाउन गन्दर्भ समुदायले गर्ने संघर्षको कथालाई समेटिएको छ। ३ मिनेट २६ सेकेण्ड लामो ट्रेलरले सारंगीको परम्परा जोगाउन र यसलाई पुस्तान्तरण गर्नेतर्फ गन्दर्भ समुदायले गर्ने संघर्षको कथा बाेल्दछ। 

सरोज पौडेलकाे निर्देशनमा  बनेकाे चलचित्रलाई विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गरेका हुन चने चलचित्रकाे पटकथा र संवाद महेश दवाडीले लेखेका हुन्। यो चलचित्र आगामी कात्तिक १५ गतेबाट देशव्यापी रिलिज हुँदैछ। 

 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।