ताजा अपडेट »

रविलाई स्थलमार्गबाटै पोखरा लगिदैँ

शुक्रबार, ०२ कार्तिक २०८१, २० : ०३
76 Shares
शुक्रबार, ०२ कार्तिक २०८१
76 Shares

काठमाडौँ । शुक्रबार साँझ पक्राउ परेका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई स्थलमार्गबाटै पोखरातर्फ लगिएको छ ।

उनलाई गाडीबाटै पोखरा लगिँदै गरिएको प्रहरीले जनायो  । लामिछानेकै इच्छा अनुसार प्रहरीले लामिछानेलाई गाडीबाट लगेको जनाइएको छ ।पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएसँगै उनी पक्राउ परेका हुन् ।

सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्धा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।