ताजा अपडेट »

सन्दीपले पाए अमेरिकाको भिसा, आजै साँझ उड्ने

शुक्रबार, ०२ कार्तिक २०८१, १५ : ००
68 Shares
शुक्रबार, ०२ कार्तिक २०८१
68 Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन् ।नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सन्दीप शुक्रबार नै अमेरिका प्रस्थान गर्नेछन् ।

नेपालले अमेरिकाबीच तीन खेलको टी २० शृंखला शुक्रबारदेखि आजदेखि सुरू भएको थियो । पहिलो खेल नेपालले जितेको छ । नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित विश्वकप लिग २ शृंखला अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म अमेरिकाको टेक्ससस्थित ग्रान्ड प्रेरी रंगशालामा हुँदैछ।

यसअघि अमेरिकाले भिसा नदिएकै कारण सन्दीपले टी २० विश्वकपको अमेरिकामा भएका खेलहरूमा सहभागी हुन पाएका थिएनन् । सन्दीपसँग अमेरिकाको भिसा नभएकाले उनी क्यानाडामा खेलिसकेर स्वदेश फर्किएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।