ताजा अपडेट »

विपक्षी दलहरूको बैठक सुरु

शुक्रबार, ०२ कार्तिक २०८१, १० : ४२
34 Shares
शुक्रबार, ०२ कार्तिक २०८१
34 Shares

काठमाडौं । विपक्षी दलका नेताहरुको बैठक संसद भवन लोत्से हलमा सुरु भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको बैठकमा राजनीतिक घटनाक्रम र आगामी दिनमा चाल्ने कदमबारे छलफल भइरहेको छ । बैठकमा प्रचण्डसहित नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, शक्ति बस्नेत सहभागी छन् ।

यस्तै रास्वपा सभापति रवि लामिछानेसहित सो पार्टीका आधा दर्जन नेताहरु बैठकमा छन् । यस्तै सत्तापक्षका महन्थ ठाकुर पनि बैठकमा सहभागी छन् । यस्तै प्रभु साह पनि बैठकमा छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।