ताजा अपडेट »

अमेरिकामाथि नेपालको १७ रनले जित

शुक्रबार, ०२ कार्तिक २०८१, ०९ : २८
82 Shares
शुक्रबार, ०२ कार्तिक २०८१
82 Shares

काठमाडौं । टी-२०आई खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको छ । नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ७ विकेट गुमाउँदै १४७ रनमा समेटियो ।

अमेरिकाका लागि शायन जहाँगीर ६० रनको अर्धसतकीय इनिङ खेले पनि जितका लागि पर्याप्त हुन सकेन । आन्द्रेस गौसले ३० र मिलिन्द कुमारले २२ रन जोडेर आउट भए । बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरीले ३, रिजन ढकाल, करण केसी र गुल्सन झाले १-१ विकेट लिए ।

अमेरिकाको टेक्सासको डलासस्थित ग्रान्ड प्रिएरी रंगशालामा घरेलु टोलीसँग टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६४ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन बनाए ।

पौडेलले दीपेन्द्रसिंह ऐरीसंग पाचौं विकेटका लागि ६६ रनको साझेदारी गरेका हुन् । दीपेन्द्र २८ रनमा आउट भए। आसिफ शेख र अनिलकुमार शाहले ४८ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । अनिल र आसिफ २७(२७ रन जोडेर आउट भए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।