ताजा अपडेट »

नेपालद्वारा अमेरिकासामु १६५ रनको लक्ष्य प्रस्तुत

शुक्रबार, ०२ कार्तिक २०८१, ०७ : २९
42 Shares
शुक्रबार, ०२ कार्तिक २०८१
42 Shares

काठमाडौं । अमेरिकासँगको टी-२०आईमा नेपालले १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ। अमेरिकाको टेक्सासको डलासस्थित ग्रान्ड प्रिएरी रंगशालामा घरेलु टोलीसँग टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६४ रन बनाएको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन जोडे। पौडेलले दीपेन्द्रसिंह ऐरीसंग पाचौं विकेटका लागि ६६ रनको साझेदारी गरे । दीपेन्द्र २८ रनमा आउट भए। आसिफ शेख र अनिलकुमार शाहले ४८ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । अनिल र आसिफ २७/२७ रन जोडेर आउट भए । नेपालले पछिल्लो ७ बलमा ५ विकेट गुमाउन पुग्यो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।