ताजा अपडेट »

टी-२० आई : नेपालले टस हारेर अमेरिका विरुद्ध ब्याटिङ गर्दै

शुक्रबार, ०२ कार्तिक २०८१, ०६ : १०
42 Shares
शुक्रबार, ०२ कार्तिक २०८१
42 Shares

काठमाडौं । अमेरिकाविरुद्ध पहिलो टी-२०आई सिरिजमा नेपालले पहिला ब्याटिङ गरिरहेको छ। अमेरिकाको टेक्सासको डलासस्थित ग्रान्ड प्रिएरी रङ्गशालामा घरेलु टोलीले टस जितेर नेपाललाई पहिला ब्याटिङ गर्ने निम्तो दिएको हो ।

नेपालले अमेरिकासँग पहिलो पटक टी-२०आई खेल खेल्न लागेको हो । नेपालले अमेरिकामा घरेलु टोलीसँग ३ टी(२०आई खेल खेल्नेछ । ओडिआईमा ७ पटक खेलका यी दुई टोली पहिलो पटक टी-२०आईमा भिड्न लागेका हुन् । ७ ओडिआईमा नेपालले ४ खेलमा जित निकाल्दा २ खेल गुमाएको छ । एक खेल भने नतिजाविहीन छ

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।