ताजा अपडेट »

तीन दलका शर्षि नेताको बैठक : सर्च कमिटि टुङ्ग्याएर आयोग गठन गर्ने सहमति

विहीबार, ०१ कार्तिक २०८१, १५ : ३६
38 Shares
विहीबार, ०१ कार्तिक २०८१
38 Shares

काठमाडौं । बालुटारमा सम्पन्न तीन दलका शिर्ष नेताहरुको बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग गठनअघि सर्च कमिटिलाई पूर्णता दिने सहमति गरेका छन् । शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन ती आयोग गठनबारे छलफल भएको माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले बताए ।

बालुवाटार बैठकबाट निस्किँदै उनले भने–‘छलफल सकारात्मक भएको छ । एक/दुई दिन भित्रमा सर्च कमिटी गठन भएपछि आयोग गठन हुन्छ ।’ छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, माओवादीबाट शक्ति बस्नेत र महान्यायाधिवक्ता रमेश बडाल सहभागी थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।