ताजा अपडेट »

दुई दिनसम्म होटलमा थुनेर नाबालिगमाथि सामुहिक बलात्कार, ५ जना पक्राउ

विहीबार, ०१ कार्तिक २०८१, १५ : ०६
346 Shares
विहीबार, ०१ कार्तिक २०८१
346 Shares

बुटवल । बाँकेको कोहलपुरको एक होटलमा लगेर २ दिनसम्म बन्दक बनाई एक नाबालिगलाई सामूहिक बलात्कार गरेको आरोपमा ५ जना पक्राउ परेका छन् । असोज २७/२८ गते भएको उक्त घटनामा संलग्न आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

१२ वर्षीया नाबालिगलाई ललाईफकाई कोहलपुरस्थित न्युरोडको होटलमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बाँके बैजनाथ-१ का २४ वर्षीय डम्बरबहादुर रोकाया, १९ वर्षीय निशान रोकाया, विजय कार्की, गाभर बस्ने निर्मल थापा र करेली बस्ने जीवन रोकाया छन् । २७ गते नाबालिगलाई फकाएर न्युरोडस्थित यात्री होटल पुर्‍याइएको थियो । पहिलो दिन २ जना र भोलिपल्ट बाँकी होटलमा पुगेको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी धर्मराज भण्डारीले बताए ।

घटनापछि फरार ५ जनालाई बैजनाथको विभिन्न ठाउँबाट पक्राउ गरिएको हो । पीडित नाबालिगको स्वास्थ्य परीक्षण गरी परिवारको जिम्मा लगाइएको र उनको शारीरिक अवस्था खतरामुक्त तर कमजोर रहेको डीएसपी भण्डारीले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।