ताजा अपडेट »

रुपन्देहीमा श्रीमतीको चक्कु प्रहार गरी हत्या गर्ने श्रीमान् पक्राउ

विहीबार, ०१ कार्तिक २०८१, १३ : ५५
162 Shares
विहीबार, ०१ कार्तिक २०८१
162 Shares

बुटवल । रुपन्देहीमा श्रीमतिको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ९ का ५० वर्षीय दशरथ चौधरी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी सूचना अधिकारी लक्ष्मि खनालले बताइन् ।

चौधरीले मंगलबार आफ्नी कान्छि श्रीमति ४० वर्षीया सुनिता भट्टराई चौधरीको आफ्नै घरमा चक्कु प्रहार गरी हत्या गरेको सूचना अधिकारी खनालले बताइन् । चक्कु प्रहारबाट गम्भीर घाइते भएकी उनको देवदह मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो । अभियुक्त चौधरीलाई प्रहरीले घटना लगतै पक्राउ गरेको थियो ।

अदालतबाट म्याद लिई घटना बारे अनुसन्धान भईरहेको सूचना अधिकारी खनालले बताइन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।