ताजा अपडेट »

सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो तोलाको ?

विहीबार, ०१ कार्तिक २०८१, ११ : २८
248 Shares
विहीबार, ०१ कार्तिक २०८१
248 Shares

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा ऐतिहासिक रेकर्ड कायम भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज  छापावाल सुनको मूल्य ६ सय रुपैयाँले बढेर तोलामा १ लाख ६२ हजार ४ सय रुपैयाँ कायम भएको हो । बुधबार सुनको मूल्य तोलामा १ लाख ६१ हजार ८ सय रुपैयाँ कायम भएको थियो । 

यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार तोलामा १ हजार ९ सय ५० रूपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार  भइरहेको  छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।