ताजा अपडेट »

३५ जना सवार बुद्ध एयरको माउण्टेन फ्लाइट आकस्मिक अवतरण

विहीबार, ०१ कार्तिक २०८१, ११ : १७
432 Shares
फाइल तस्विर
विहीबार, ०१ कार्तिक २०८१
432 Shares

काठमाडौं । माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एयरको जहाज आज (विहिबार) विहान त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गरेको छ। इन्जिनमा समस्या देखिएपछि विमानलाई आकस्मिक अवतरण गरिएको बुद्ध एयरले जनाएको छ।

बिहान साढे ६ बजे माउन्टेन प्लाइटका लागि उडेको जहाज झण्डै १५ मिनेटपछि सुरक्षित अवतरण गरेको बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले जानकारी दिए। ‘इन्जिनमा प्राविधिक समस्या देखिएपछि जहाजलाई डाईभर्ट गरी काठमाडौँ  विमानस्थलमा सुरक्षित अवतरण गरिएको छ। हाम्रो प्राविधिक टोलीले जहाजको जाँच गरिरहेको छ,’ बुद्ध एयरले सामाजिक सञ्जाल एक्समा लेखेको छ। 

जहाजमा ३५ यात्रु सवार रहेको बताइएको छ । ‘आजको माउन्टेन फ्लाइटमा प्रतिकूल मौसमको कारण हिमालका चुचुराहरू पनि देखिएका थिएनन्,’ प्रवक्ता कर्णले भने, ‘हिमाल नै नदेखिएपछि काठमाडौँ फर्किँदै गर्दा जहाजको दायाँ इन्जिनको इन्डिकेटरमा केही संकेत देखिएको थियो। माउन्टेन फ्लाइटको क्रममा नभएर हिमाल नदेखिएपछि काठमाडौं फर्किने क्रममा जहाजको इन्जिनमा पनि समस्या रहेको देखिएको हो।’ ती यात्रुलाई अर्को दिन आजकै भाडामा पुनः माउन्टेन फ्लाइट गराइने र फ्लाइटमा जान नचाहने यात्रुको पैसा फिर्ता गरिने बुद्ध एयरले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।