ताजा अपडेट »
सडक दुर्घटना

भारतीय पर्यटक सवार कार प्युठानमा दुर्घटना

विहीबार, ०१ कार्तिक २०८१, ०७ : २६
178 Shares
विहीबार, ०१ कार्तिक २०८१
178 Shares

प्युठान । प्युठानमा कार दुर्घटना हुँदा चार जना भारतीय पर्यटक घाइते भएका छन् । बुधबार दिउँसो साढे १ धार्मिक तथा पर्यटकीयस्थल स्वर्गद्वारीबाट फर्कने क्रममा स्वर्गद्वारी नगरपालिका–४ भिङ्ग्रीको टाकुरा थुम्कामा कार दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको कार भारतीय प्लेट नम्बर युपी ५६ ए ए ४२२२ रहेको इलाका प्रहरी कार्यालय भिङ्ग्रीका प्रमुख प्रहरी निरीक्षक नवीनकुमार थापा क्षेत्रीले जानकारी दिएका छन । उनका अनुसार कार सडकबाट २० मिटर तल जङ्गलमा खसेको थियो ।

कारमा चालक सहित पाँच जना सवार थिए । तीमध्ये चार जना घाइते भएको प्रहरी निरीक्षक थापाले बताए । घाइते हुनेमा भारतको बढनीनगरको सिद्धार्थनगर बर्गदहदा बस्ने वर्ष ५३ का वीरेन्द्र पाण्डेय, वर्ष ४३ को शुभद्रा पाण्डेय, वर्ष १७ की जया पाण्डेय,, त्यस्तै ५५ वर्षकी शिला पाण्डेय, तथा  चालक वर्ष ४५ का अखिलेसकुमार पाण्डेय रहेका छन । 

घाइते मध्य वीरेन्द्र पाण्डेयकाे टाउकाेमा,जया पाण्डेयको टाउको र शरीरमा, शुभद्रा पाण्डेय को टाउकामा, शिला पाण्डेयको शरीरमा चोट लागेकाे छ भने चालक अखिलेसकुमार पाण्डेय सामान्य  घाइते भएको प्रमुख थापाले जानकारी गराए । घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा उपचार भइरहेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।