ताजा अपडेट »
अपराध

दशैँ मनाउन दाङ आएका भाइकोआफ्नै दाइले हत्या गरेको खुलासा

विहीबार, ०१ कार्तिक २०८१, ०६ : ५३
142 Shares
विहीबार, ०१ कार्तिक २०८१
142 Shares

तुलसीपुर । दशैँ मनाउन दाङ आएका भाइको  आफ्नै  दाइले हत्या गरेको खुलासा भएको छ । आफ्नै पेटमा चक्कु प्रहार पछि मृत्यु भएको खबर सार्वजनिक भएपछि अनुसन्धान अघि बढाएको प्रहरीले हत्यामा मृतकका आफ्नै दाइ पूर्ण तामाङ संलग्न रहेको रहस्य खोलेको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरले पत्रकार सम्मेलन आयोजना गरेर घटना बारे सार्वजनिक गरेको हो । भक्तपुरको नगरकोट गाउँपालिका –१४ निवासी २८ वर्षका अनिल तामाङ असोज २३ गते बाबुआमा बस्दै आएको ठाउँ दाङको बबई गाउँपालिका–४ हापुरे बजार आएका थिए ।

मृतकका दाजु ३१ वर्षीय पूर्ण तामाङले भाइले मदिरा सेवन गरी आफै पेटमा चक्कु प्रहार गरेको भन्दै प्रहरीलाई खबर गरेका थिए। अपराध कर्मबाट जोगिन मृतकका भाइले आफै पेटमा चक्कु हानेको भन्दै दाजुले नै  खबर गरेको प्रहरीले जनाएको छ। घटना लगत्तै मृतकका बुवा सोमार तामाङ र दाजु पूर्ण तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको र अनुसन्धानकै क्रममा दाजुले भाइको हत्या गरेको बयान दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी अनिल ठकुरीले बताए । 

जग्गाको विषयलाई लिएर बुबासँग पटक पटक झगडा गर्ने गरेको र सोही विषयमा आफूसँग पनि विवाद गरेपछि मङ्गलबार बिहान साढे ९ बजे चक्कु प्रहार गरेको अभियुक्तले प्रहरीलाई बयान दिएका छन्  ‘मदिरा सेवन गरेर भाइले आफ्नै पेटमा चक्कु हानेर घाइते भएको छ भन्ने खबर हापुरे प्रहरीलाई गयो ।

तत्काल घटनास्थल पुगेको प्रहरीले उपचारका लागि घाइते लाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठायो । राती ११ बजे अस्पतालमै उनको मृत्यु भएको थियो । अस्पताल पुगेर घटना हेर्ने बित्तिकै मलाइ शङ्का लाग्यो ।  प्रहरीले बाबुछोरालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढायाे । अनुसन्धानकै क्रममा घटनाको वास्तविकता खुल्यो ।’ डिएसपी ठकुरीले भने।

स्थायी घर भक्तपुर भएका मृतककी आमाको माइत हापुरेमा भएकाले उनीहरू एक दश अघि देखि नै हापुरे बजारमा डोल्मा होटल सञ्चालन गरेर बस्दै आएको स्थानीयले बताएका छन् । मृतकका श्रीमती र एक छोरा रहेको र उनी हाल भक्तपुरमा रहेको प्रहरीले जनाएको छ। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।