ताजा अपडेट »

मौलिकता जोगाउन सरकारले योगदान गर्छ : मन्त्री पाण्डे

बुधबार, ३० असोज २०८१, १४ : ११
22 Shares
बुधबार, ३० असोज २०८१
22 Shares

काठमाडौं । संस्कृती, पर्यटन तथानागरिक उड्डयानमन्त्री बद्री पाण्डेले संस्कृती र मौलिकता जोगाउन मन्त्रालयबाट गर्नुपर्ने योगदान गर्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित पुस्तक विमोचन माउनले मौलिकता भएनभने समाजको अस्तित्व नरहने भन्दै यसको संरक्षणको लागिकाम गर्ने बताए । 

उनले भने, ‘मौलिकता समाजको लागि प्राण तत्वहो त्यो जोगियो भने मात्र हामीले भौतिकतत्वलाई सवल बनाउन सक्छौ । त्यो दिशामा हामीले यसको संरक्षण गर्ने काम अगाडि बढाउने नै छौ । हामीले हाम्रो मन्त्रालयबाट गर्नुपर्ने काम, योगदान र निर्णयका विषयमा प्रतिबद्ध भएको कुराको बचन बद्धता पनि व्यक्त गर्न चाहन्छु ।’

यसको साथै, उनलेआज प्रकाशित पुस्तकले नेपाली कलाकार र कलालाई अन्तराष्ट्रियकरण गर्ने कुरामा पनि योगदान गर्ने बताए। उनले भने, ‘यो पुस्तकले नेपालको कलाको संरक्षणमा योगदान दिने छ । नेपाली कलाकारहरुलाई अन्तराष्ट्रियकरण गर्ने कुरामा पनि यसले योगदान गर्ने छ । यसको साथै पर्यटकहरुले पनि नेपाललाई एउटै पुस्तक भित्र देख्न र बुझ्न सक्न छ । सांस्कृतिक पर्यटनलाई पनि यसले बढावा दिने काम गरेको छ । पर्यटन प्रवद्र्धन मात्र होईन व्यापार र निकासी प्रवद्र्धनको दिशामा नेपालको कला, कृति र नेपाल सँग भएको हस्त कला सँग सम्बन्धीतविशिष्ट हाम्रो जुन मौलिकता र पहिचान छ यसलाई प्रवद्र्धन गर्ने कुरामा पनि योगदान गर्ने छ ।’
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।