ताजा अपडेट »

महिला टि-२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा

बुधबार, ३० असोज २०८१, ०७ : ४७
38 Shares
बुधबार, ३० असोज २०८१
38 Shares

काठमाडौँ । इंग्ल्यान्डलाई पराजित गर्दै वेस्ट इन्डिज महिला टि–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा इंग्ल्यान्डलाई ६ विकेटले पराजित गर्दै वेस्ट इन्डिज महिला टि–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो । 

प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा वेस्ट इन्डिजका लागि कप्तान ह्वेली म्याथ्युजले पनि ५० रन बनाइन् । इंग्ल्यान्डले पहिले ब्याटिङ गर्दै सात विकेटको क्षतिमा १ सय ४१ रन बनाएको थियो । वेस्ट इन्डिजले १८ ओभरमा चार विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो ।

यो जितपछि अब वेस्ट इन्डिजसँगै समूह ’बी’ बाट दक्षिण अफ्रिका सेमिफाइनल पुगेको छ । इंग्ल्यान्ड भने प्रतियोगिताबाट बाहिरिएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।