ताजा अपडेट »

दसैँ विदापछिको सिंहदरबार : सुनसान छन् मन्त्रालय (फोटो फिचर)

मंगलबार, २९ असोज २०८१, १३ : ५८
44 Shares
मंगलबार, २९ असोज २०८१
44 Shares

काठमाडौं । वडादशैँ बिदामा बन्द रहेका सरकारी तथा सार्वजनिक संस्थान लगायतका कार्यालयहरु खुलेका छन् । तर देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार भने सुनसान नै छ ।

shiha darbar

नेपाल न्यूज बैंकको टीम मंगलबार विहान ११ बजे सिंहदरबार छिर्दा मन्त्रालयमा छिटपुट्ट मात्र कर्मचारीहरु भेटिए । सिंहदरबारभित्रका सडकहरुमा न्यून मात्रामा सवारी साधन गुडेको देखिन्थ्यो । मन्त्रीका गाडीहरु हुइँकिएपनि कर्मचारीहरुको उपस्थिति न्यून थियो । 
फूलपातीका दिनदेखि द्वादशीसम्म बन्द रहेका मन्त्रालयका ढोका खुलेपनि सबै मन्त्रालयका शाखा वा महाशाखाका कार्यकक्षमा कर्मचारीको उपस्थिति न्यून देखिन्थ्यो ।

shinha darbar3

मानिसहरुको आवतजावत भने बाक्लिएको छ । टाढा घर भएका कर्मचारीहरु काठमाडौं आइ नपुगेकाले मन्त्रालयहरु सुनसान रहेको कर्मचारीहरुले बताए ।  shinha darbar2

तर दशैँमा गाउँ गएकाहरु फर्कन थालेसँगै शहर बजार र सडकमा भने भीडभाड बढेको छ । आवतजावतका लागि सडकहरु असहज भएकाले केही असजिलो भएको छ । दशैंको मुखमा प्राकृतिक विपत्तिका कारण धेरै राजमार्ग एवम सडकहरु पूर्ण रुपले संचालनमा आइसकेका छैनन् ।

shinha darbar5shinha darbar6shinha darbar7

Photo (16) (1)Photo (15)Photo (14)Photo (9)
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।