ताजा अपडेट »

दाङमा मदिराले मातेका युवाद्वारा आफैमाथि चक्कु प्रहार, २ जना पक्राउ

मंगलबार, २९ असोज २०८१, १३ : ४७
128 Shares
मंगलबार, २९ असोज २०८१
128 Shares

दाङ । दाङमा मदिराले मातेका एक युवकले मंगलबार बिहान आँफैले आँफुलाई पेटमा चक्कु प्रहार गर्दा मृत्यु भएको छ । भक्तपुर जिल्लाको नगरकोट नगरपालिका – १४ का २८ बर्षीय अनिल तामाङले मंगलबार बिहान साढे ९ बजेतिर हापुरे बजारमा आँफैले पेटमा छुरा प्रहार गरेका थिए । 

उपचारका लागि तुलसीपुर ल्याइएका अनिलको पौंंने ११ बजेतिर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाले उपचारका क्रममा तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा अनिलको मृत्यु भएको जानकारी दिए । अनिलका बुवा, दाजु र बहिनीलगायत परिवारका सदस्यले हापुरे बजारमा डोल्मा होटेल सञ्चालन गर्दै आएका थिए । दसैँमा मान्यजनबाट टीका थाप्नका लागि अनिल असोज २३ गते मात्रै दाङको बबई गाउँपालिका ४ हापुरे आएका थिए ।

अनिलले बिहानै मदिरा सेवन गरि बुवा सोमार तामाङसँग झगडा गरेपछि आँफै आफ्नो पेटमा छुरा हानेको प्रहरीले बताएको छ । उनले किन आँफैले आँफूलाई चक्कु प्रहार गरेका थिए भन्ने बारे अनुसन्धान हुन बाँकी नै रहेको प्रहरीले बताएको छ । प्रहरीले अनिलका बुवा सोमारलाई तुलसीपुरबाट र अनिलका ३१ वर्षीय दाजु पूर्णलाई हापुरेस्थित होटेलबाट नियन्त्रणमा लिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।