ताजा अपडेट »

ताइवानको तटमा चीनको सैन्य अभ्यास, तनाव वढ्यो

मंगलबार, २९ असोज २०८१, १० : ५७
166 Shares
मंगलबार, २९ असोज २०८१
166 Shares

एजेन्सी । चीनले ताइवानको तटमा सोमबारबाट नयाँ सैन्य अभ्यास सुरू गरेको छ । पीपुल्स लिबरेसन आर्मी (पीएलए)ले उक्त अभ्यास गरेको हो । 

उक्त अभ्यासले चीन र ताइवानबीच तनाव बढाएको छ । ताइवानका राष्ट्रपतिले आफ्नो सरकारले चिनियाँ नियन्त्रण स्वीकार नगर्ने कडा भाषण दिएपछि स्थिति असामान्य बनेको हो ।

बेइजिङले ‘स्वर्ड–२०२४ बी’ नाम दिएको अभ्यासमा युद्धपोत र लडाकु विमानहरूले भाग लिइरहेका छन् । उक्त अभ्यास टापु वरपर नौ स्थानहरूमा भइरहेको छ ।

चीनले यसअघि पनि ताइवानको वरिपरि ठूलो युद्ध अभ्यास गरेको थियो । चीनले उक्त टापु आफ्नो दाबी गर्दै आएको छ ।(सीसीटिभी प्लस÷एनएनबी)
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।