ताजा अपडेट »

जिल्ला तहका कांग्रेस नेतालाई घिमिरेले भने-अब गाउँ फर्किनुस्, घर-घर पुगौ

सोमबार, २८ असोज २०८१, १६ : ००
22 Shares
सोमबार, २८ असोज २०८१
22 Shares

पाणिनी । नेपाली कांग्रेस पाणिनी गाउँपालिका ( ५ का सभापति गणेशप्रसाद घिमिरेले जिल्ला तहका नेताहरुलाई गाउँ फर्किन सुझाव दिएका छन् । नेपाली कांग्रेस पाणिनी गाउँपालिका स्तरीय भेटघाट तथा अन्तर्क्रीया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । वडा सभापति घिमिरेले घर(घरमा पुग्दै जनताका समस्या सुन्नुपर्ने आवश्यक रहेको भन्दै गाउँ फर्किन सुझाव दिए ।

उनले भने,- जिल्ला तहका नेता अब गाउँगाउँ जानुपर्छ । टोलटोल, घरघर पुग्नुपर्छ । सभापति घिमिरेले जिरो लेभलबाट कांग्रेसलाई सुदृढीकरण गर्नुपर्ने बताउँदै कांग्रेस मेरो हो र म कांग्रेसको होु भन्ने जनभावना जगाउनुपर्नेमा जोड दिए ।

उनले कांग्रेसका नेताहरु नै क्रियाशिल नभएर पार्टी कमजोर भएको बताउँदै स्वयं नेताकार्यकर्ताले नै आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको बताए । उनले भने- कांग्रेसका नेताहरु नै क्रियाशिल नभएर पार्टी नभएर कमजोर भएको हो। हामी नै आफ्नो जिम्मेवारी पूरा गर्न सकेनौं ।

सभापति घिमिरेले समस्या राख्ने तर समाधान नखोज्ने प्रवृत्ति कांग्रेसका नेताहरुमा रहेको जिकिर गरे । समस्या राख्छौं, दोषारोपण गरेर उम्किन खोज्छौं तर समाधान खोज्न लाग्दैनौं। उनले भने -नेतृत्वगण, वडाका पधाधिकारी, भातृ संस्थाका पदाधिकारीले आफ्नो जिम्मेवारी पुरा गरौं । आफ्नो कर्तव्यलाई मनन गरौं । 

उनले चुनावको एकमहिना अघि तयारी थाल्ने प्रवृत्तिलाई त्याग्दै चुनाव आउनु २ वर्ष अगाडिबाट नै तयारी जिल्ला तहका नेताहरुलाई सुझाव दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।