ताजा अपडेट »

काठमाडौँ उपत्यकामा चहलपहल बढ्दै

सोमबार, २८ असोज २०८१, १५ : ३१
122 Shares
सोमबार, २८ असोज २०८१
122 Shares

काठमाडौँ। काठमाडौं उपत्यकामा विजयादशमीको फूलपातीदेखि घटेको चहलपहल टीकाको तेस्रो दिन आजबाट पुनः बढ्न थालेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज पनि टीका थाप्न जाने सर्वसाधारणको चलहपहल देखिएको छ ।

दसैँमा सुनसान देखिएका संघीय राजधानी काठमाडौंका सडकहरूमा अहिले सवारी साधनको सङ्ख्या विस्तारै बाक्लिन थालेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार आज उपत्यकाका सडकमा निजी सवारी साधन बढी देखिएका छन् । दसैँ अवधिमा काठमाडौं उपत्यकामा छिटपुट बाहेकका ठूला सवारी दुर्घटना नभएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले बताए ।

उनले भने, ुअन्य वर्षको तुलनामा यो वर्ष काठमाडौं उपत्यकामा ठूला सवारी दुर्घटना भएनन् । हाम्रा लागि यही राम्रो कुरो हो । दसैँ सबैले राम्रोसँग मनाउन पाए, हामी खुसी छौँ ।ु अहिले यहाँका सडकमा सवारी साधन बढ्नुका साथै मानिसको आवतजावत क्रमिक रुपमा बढ्न थालेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।