ताजा अपडेट »
किशाेरी हत्या प्रकरण

१४ वर्षीया किशोरीकाे घाटी थिची हत्या गरेकाे आरोपमा ५८ वर्षीय पुरुष पक्राउ

शव बरामद भएकाे २ घन्टामै आराेपी गिरफ्तार

सोमबार, २८ असोज २०८१, ०६ : ४०
134 Shares
सोमबार, २८ असोज २०८१
134 Shares

डडेल्धुरा।  अमरगढी नगरपालिका-७ की १४ वर्षीया किशोरी आरती भट्टराईलाई घाटी थिचेर हत्या गरेको आरोपमा स्थानिय व्यावसायी ५८ वर्षीय टेकबहादुर भण्डारीलाइ प्रहरीले पक्राउ गरेकाे छ। प्रहरीले घटनाको केही घण्टा भित्रै भण्डारीलाई पक्राउ गरेको हाे ।भण्डारीले भट्टराईको  आफुले हत्या गरेको स्वीकारेपछि आइतबारै  उनलाई सार्वजनिक समेत गरेको छ ।

अमरगढीकै पोखरा बजारमा भण्डारी पुस्तक एन्ड स्टेस्नरी पसल स्ंचालन गर्दे आएका भण्डारीले आफ्नै पसलभित्र कोठामा आवेशमा आएर किशोरीको घाँटी थिचेर हत्या गरेको स्वीकार गरेको डडेल्धुराका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुगन्ध श्रेष्ठले बताए । स्थानीयले भने किशोरीको बलात्कार पछि हत्या गरिएको दाबी गर्दै आएका छन् । प्रहरीसमक्ष भने भण्डारीले किन हत्या गरेको भन्ने विषयमा ठोस बयान दिएका छैनन् ।

तर भण्डारीले किशोरीको हत्या के–कति कारणले गरे ? भन्ने कुरा खुलिसकेको छैन । भण्डारीले आवेशमा आएर भट्टराईको हत्या गरेकोमात्रै बयान दिएका छन् । घटनास्थलबाट प्रहरीले सवुत प्रमाण फेला पारेको बताउँदै त्यसबारे विस्तृत अनुसन्धान भइरहेको बताएकाे छ।  भण्डारीले किन आवेगमा आए भन्ने विषयमा कुनै जवाफ दिएका छैनन्’ जिल्ला प्रहरी प्रमुख श्रेष्ठले भने, उनले ‘जबरजस्ती करणी गर्न खोज्दा किशोरीले अस्वीकार गरेपछि आवेशमा आएर हत्या गरेको समेत हुनसक्छ । पोस्टमार्टम रिपोर्ट अझै आइसकेको छैन,त्याे आएपछि सबै खुल्छ ।

किशोरीले आफू भारत जान लागेकाे र केही पैसा पनि चाहिएको भन्दै भण्डारीलाई २३ गते पनि भेटेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ ।गत २५ गते भण्डारीले भट्टराईको हत्या गरेका हुन् । प्रहरीका अनुसार किशोरी ४ बजे गहुँ पिस्न स्थानीय पोखरा बजारको मिलमा गएकी थिइन् । बजारमा उनले चप्पल पनि किनेको अनुसन्धानमा भेटीएकाे छ । प्रनाउ श्रेष्ठका अनुसार नीज भण्डारीसँग किशोरीको एक बर्सअघिबाटै चिनजान रहेको पाइएको छ।

हत्या भएकाे दिन किशोरी भण्डारीको पसलमा साँझ ५ बजेतिर पुगेको देखिन्छ, कुराकानीकै क्रममा उनि आवेशमा हत्या भएको हुन सक्ने प्रहरीले बताएकाे छ । हत्यापछि भण्डारीले आरतीको शव बोरामा सामान जस्तै प्याक गरी पसलको बाहिर राखेका थिए ।  त्यति नै बेला एक जना प्रहरी पनि उनकाे पसल अगाडी पुगेका थिए । हतारमा पसल बन्द गरेर भाग्ने क्रममा उनको मोटरसाइकल पसल अगाडि नै पल्पटिएछि नजिकै रहेका प्रहरीले नै उठाएर सहयोग समेत गरेका थिए ।

‘किशोरीको हत्या गरेर शव व्यवस्थापन गर्ने तयारीमा रहेका भण्डारी शव राखेकै बेला प्रहरी पुगेपछि उनी बेचैन देखिएकाे प्रहरी प्रमुख श्रेष्ठ बताउछन । ‘आफ्नै पसल अगाडि शव राखेका उनी त्यसपछि डडेल्धुरा सदरमुकाम हुँदै पोखराबाट १० किलोमिटर टाढाको स्याउले बजार गएर पुनः तीन किमी पछाडिनै फर्केर तुफानडाँडामा केही घण्टा मदिरा समेत पिएकाे प्रहरी अनुसन्धानमा देखीएकाे छ ।

साेही दिन भणडारीले साझ ६:३० बजे श्रीमतीलाई फोन गरेर आफू आज घर आउन ढिलाहुने जानकारी पनि दिएकाे भेटीएकाे छ । उनले ९ बजेतिर पुनः फर्केर आफ्नो पसल खोले । शव व्यवस्थापनका लागि म १ प १४५४ नम्बरको आफ्नै मोटरसाइकलमा बाेरा बाँधेर व्यवस्थापन गर्ने तयारीमा रहेका बेला कुकुर भुक्न थालेपछि भण्डारी थप अत्तालिए । शव व्यवस्थापन गर्ने क्रममा कुकुर भुकेपछि मिदरा पिएका उनी मोटरसाइकलसहित नालीमा खसेका थिए। त्यस पछि उनले शवलाई पसल नजिकै फालेर घरतर्फ हिडेका थिए ।

राति स्थानीयले उक्त ठाउमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव त्यही फालेर भण्डारी  त्याहाबाट भागेका थिए । भाग्दै गर्दा उनले लगाएकाे  टोपी र चप्पल शव फालेकै ठाउँमा छुट्न पुगेको थियो । शव नजिकै भेटिएको आरोपीको टोपी र चप्पलका आधारमा प्रहरीले भण्डारीलाई सजिलै पक्राउ गरेको थियो ।

राति १० :३० बजेनै प्रहरीसमक्ष शव भेटिएको विवरण प्राप्त भएको थियो । खबर पाउनासाथ प्रहरीकाे एक टोलीले भने अनुसन्धान सुरु गरिसकेको थियो । प्रहरी प्रमुख श्रेष्ठ सहीतकाे टोलीले शव बरामद भएकाे २ घण्टा भित्रै हत्या आरोपीलाई पक्राउ गर्न सफल भएकाे हाे  ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।