ताजा अपडेट »
हत्या

महाराष्ट्रका पूर्व मन्त्री तथा एनसीपी नेता बाबा सिद्दीकीको मुम्बईमा गोली हानी हत्या

आइतबार, २७ असोज २०८१, १० : ०८
94 Shares
आइतबार, २७ असोज २०८१
94 Shares

मुम्बई।भारतीय राज्य महाराष्ट्रका पूर्व मन्त्री तथा एनसीपीको अजित पवार गुटका वरिष्ठ नेता बाबा सिद्दीकीको शनिबार राति मुम्बईको बान्द्रा पूर्वमा गोली हानी हत्या गरिएको छ। मुम्बईका पूर्वविधायक रहीसकेका सिद्धिकीको गोली हानी हत्या भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।उनको छाती र पेटमा  गोली लागेको बताइएको छ।

उनी आफ्नो छोरा जिशान सिद्दीकीको  कार्यालय बाहीर रहदै गरेका बेला राति करिब साढे ९ बजे मोटरसाइकलमा आएका तीन बन्दुकधारीले उनकाे कार नजीकै विस्फाेट गराई कार्यालय बाहिर उनी माथि गोली प्रहार गरेका थिए। उनलाई ६ वटा गोली लागेको थियो । हमलावार लाइ प्रहरीले नियन्त्रणमा लिएका्े बताइएको छ ।

नेता  सिद्धिकी र छाेरा जिशान सिद्धिकी राति ९ बजे सम्म  आफ्नो कार्यालयमा थिए। ९ः३० बजेतिर दुवैजना सँगै घर जाने तयारीमा थिए, तर अचानक जिशान सिद्दीकीलाई फोन आयो र उनी बाबा सिद्धिकी भन्दा पहिले खेरवाडी जानका लागि अफिसबाट निस्किए।

जीसानको निस्केको पाँच मिनेट पछि, बाबा सिद्दीकी कार्यालय बाहीर आए, सधैँ जस्तै आफ्ना कार्यकर्ताहरूलाई भेटे। बाबा सिद्दीकीको कार कार्यालयबाट 100 मिटर टाढा पार्क गरिएको थियाे । उक्त समयमा मानिसहरूलाई भेट्ने क्रममै सिद्दीकीको कार नजिकै अचानक बम विस्फोट भएको सुनिएको थियो।

ठूलो विस्फोटको आवाज सुनेर स्थानीय कामदारहरू कार नजिक पुगे, उनीहरूले तिनजना भागिरहेका देखे र बाबा सिद्धि रक्ताम्य भएर ढलेकाे पाए  । नजिकैका एक कामदारले बाबा सिद्दीकीलाई तुरुन्तै लीलावती अस्पतालमा लगे, जहाँ उनको मृत्यु  भयो।

जानकारीअनुसार बाबा सिद्दीकीमाथि गोली चलाउन ९.९ एमएमको पिस्तौल प्रयोग गरिएको थियो र प्रहरीले हमलावार सहीत  पिस्तौल पनि जफत गरेको छ। बाबा सिद्दिकीसँग रहेका अर्का व्यक्तिलाई पनि गोली लागेको र लीलावती अस्पतालमा भर्ना गरिएको बताइएकाे छ।

सिद्धिकी बान्द्रा (पूर्व) बाट तीन पटक विधायक र राज्य सरकारमा मन्त्री भइसकेका नेता हुन। सिद्दिकीले आफ्नो सम्पूर्ण राजनीतिक जीवन कांग्रेस पार्टीमा बिताए। तर गत फागुनमा उनी कांग्रेस छोडेर  एनसीपी(अजित पवार)  समुहमा प्रवेश गरेका थिए ।)

प्रहरीले यो घटनामा लरेन्स विष्णोई गिरोहको आशंका गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।