ताजा अपडेट »
भारतीय रेल दुर्घटना

भारतीय शहर चेन्नइ नजिक भयानक रेल दुर्घटना १९ जना घाइते

शनिबार, २६ असोज २०८१, २३ : ५८
292 Shares
शनिबार, २६ असोज २०८१
292 Shares

 बुटवल । भारतीय राज्य तमिलनाडुकाे चेन्नइ शहर नजिक शुक्रवार राती ठुलाे रेल दुघर्टना हुदा १९ जना घाइते भएका छन । मैसूर बाट बिहार राज्यकाे दरभंगा जादै गरेकाे मैसूर-दरभंगा बागमती एक्सप्रेस रेल (१२५७८) शुक्रवार राती तमिलनाडु काे राजधानी चेन्नई नजिकै कवरैप्पेट्टै रेलवे स्टेशनमा राेकीराखेकाे एउटा मालगाड़ी संग ठाेकीएकाे हाे । 

मैसुरबाट बिहारको दरभंगा तर्फ जादै गरेको उक्त बागमती एक्सप्रेस रेलले स्टेशनमा रोकिएको मालागाडीलाई पछाडिबाट ठक्कर दिएको बताइएको छ।  दुर्घटनामा रेलका १३ डब्बा ट्र्याकबाट तल झरेको र २ वटामा आगाे समेत लागेकाे बताइएकाे छ । रेल दुर्घटनामा ठुलाे मानवीय क्षति नभए पनि १९ जना घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

Screenshot 2024-10-12 234917

रेल र मालगाडी ठोक्किएपछि रेलको एउटा डब्बामा आगोसमेत लागेको थियो। तमिलनाडुका मुख्यमन्त्री एम.के स्टालिननले रेल दुर्घटनाको खबरले आफू स्तब्ध भएको बताएका छन्। दक्षिण रेलवेका महाप्रबन्धक आएरएन सिंहले रेल मुख्य लाइन छोडेर लुप लाइनमा गएपछि दुर्घटना भएको बताएका छन्। 

उनले भनेका छन्,‘यो रेलको स्टेशनमा स्टप थिएन। चेन्नईबाट छुटेपछि यो रेलका लागि हरियो झन्डा दिइएको थियो। चालकले सिग्नललाई सही तरिकाले पालन पनि गरेको थियो। मुख्य लाइनबाट जानुपर्ने रेल लुप लाइनमा गएपछि दुर्घटना भएको हो।’

यात्रुहरूलाई वैकल्पिक रेलमार्फत गन्तव्यतर्फ पठाइएको छ भने दुर्घटनापछि केही रेललाई ‘डाइभर्ट’ समेत गरिएको छ। रेलमा जम्मा १३६०  यात्रु रहेकाे बताइएकाे छ ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।