ताजा अपडेट »
काभा यू-२० मेन्स भलिबल

फाइनलमा उज्वेकिस्तानसँग पराजित हुदा नेपाललाइ र्दाेश्राे स्थान

शनिबार, २६ असोज २०८१, २२ : २८
170 Shares
शनिबार, २६ असोज २०८१
170 Shares

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यू–२० पुरुष भलिबल च्याम्पियनसिपको फाइनलमा नेपाल उज्वेकिस्तानसँग पराजित हुदै दाेश्राे स्थानमा  चित्त बुझाएकाे छ ।

श्रीलङ्काको कोलम्बोमा आजै सम्पन्न फाइनलमा उज्वेकिस्तानसँग ३–१ को सेटमा पराजित भएको हो । खेलको सुरुवाती पहिलो सेटमा २७–२५ को शानदार जित निकालेको नेपालले त्यसपछिको लगातार तीन सेट भने गुमाउन पुग्यो । खेलको दोस्रो सेट २५–१०, तेस्रो सेट २५–१६ र चौथो तथा अन्तिम  सेटमा नेपाल २५–२० ले पराजित बन्यो ।

समूह चरणको अन्तिम खेलमा तुर्कमेनिस्तानलाई हराउँदै फाइनमा आफ्नाे ठाँउ सुरक्षित गरेकाे नेपालले उज्वेकिस्तानसँगको भेट पक्का गरेको थियो । त्यसैगरी नेपालले समूह चरणमा श्रीलङ्का, तुर्केमिनिस्तान र माल्दिभ्सलाई हराएको थियो भने किर्गिस्तान र उज्वेकिस्तानसँग पराजित हुन पुगेकाे थियो ।

श्रीलङ्का भलिबल फेडेरेसनले आयोजना गरेको उक्त प्रतियोगितामा आयोजक श्रीलङ्कासहित नेपाल, तुर्किमिनिस्तान, माल्दिभ्स, किर्गिस्तान र उज्वेकिस्तान सहभागी थिए । प्रतियोगिता यही असोज २० गतेदेखि सञ्चालन भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।