ताजा अपडेट »

भूटानले गरेकाे स्वागत सम्पूर्ण नेपालीको सम्मान हो: पूर्वराजा ज्ञानेन्द्र

शनिबार, २६ असोज २०८१, २० : ५०
42 Shares
शनिबार, २६ असोज २०८१
42 Shares

काठमाडाैं। पूर्वराजा ज्ञानेन्द्र शाहले भूटान भ्रमणका बेला आफूलाई गरीएको सम्मानलाई सबै नेपालीहरुलाई गरेको सम्मानका रुपमा आफुले ग्रहण गरेको बताएका छन्। शनिवार सर्वसाधारणलाई निर्मल निवासमा विजया दशमीको टीका लगाइदिने क्रममा सञ्चारकर्मीहरुसँग छाेटाे प्रतिक्रिया दिँदै पूर्वराजा शाहले यस्तो भनेका हुन्। 

केही दिन अघि आफु भूटान गएको र उक्त भ्रमण निजी भ्रमण रहेको उनले बताए। उनले भ्रमणको बारेमा सबैको चासो र जिज्ञासा समेत देखिएकाे बताए। भूटानको राजपरिवार र भूटानी जनताले आफूलाई दर्शाएको स्वागत, सम्मान र मित्रतालाई आफूले सम्पूर्ण नेपालीहरु र नेपालालई गरीएको सम्मानका रुपमा लिएको पूर्वराजा शाहले बताएका छन्। उनले नेपाललाई गरेको स्वागतका लागि भूटानी जनता र राजपरिवारप्रति कृतज्ञता समेत व्यक्त गरे।

उनले भने, ‘हालै म भूटान गएको थिएँ। त्यसको अहिले चासो र जिज्ञासा भएको छ। त्यो निजी भ्रमण थियो। त्यहाँका राजपरिवार र भूटानी जनताले मलाई दर्शाएको स्वागत, सम्मान, मित्रता। मैले के ठानेको छु भने त्यो नेपाल र नेपालीलाई गरेको हो भनेर मैले ठानेको छु। तपाईंहरुमार्फत म त्यहाँको राजपरिवार र जनतालाई हृदयदेखि हार्दिक धन्यवाद, कृतज्ञता दिन चाहन्छु।’

पूर्वराजा शाहले विजया दशमीको शुभ अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना समेत व्यक्त गरे।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।