ताजा अपडेट »

नेपालगन्जको रामलिला महाेत्सवमा आज ५५ फिटको रावणको पुत्ला दहन गरीदै

शनिबार, २६ असोज २०८१, १७ : २०
52 Shares
शनिबार, २६ असोज २०८१
52 Shares

नेपालगञ्ज । नेपालगन्जको रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि सुरु भएको ५७औँ रामलिला महोत्सवको आज १०औँ दिन विशेष रावण बध गरी समापन गर्न लागिएको छ।

रामलिला नाटक प्रदर्शनीमा आज ५५ फिटको रावणको पुत्ला दहन गरिँदैछ । यस वर्ष आयोजना गरिएको १५७औँ रामलिला महामहोत्सवमा आज कुम्भकर्ण, मेघनाथ र रावण बध गरिने कार्यक्रम रहेको रामलिला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कानोडियाले बताएका छन । 

आज साँझ रावणको बधपछि राति १० बजेदेखि रातभरि रामलिला मञ्चन हुनेछ । समितिका अध्यक्ष कानोडियाका अनुसार भारतको मधुरा बृन्द्रावनको राधारमण मण्डलबाट २५ कलाकारको समूहले विभिन्न सजावटका साथ रामलिला मञ्चन गर्ने छन् ।

भोलि आइतबार भरत मिलाप तथा शुभराज्यभिषेक गरेर रामलिला समापन हुनेछ । रामलिला मैदानमा आजकै दिन लाग्ने दशहरा मेला हेर्न बाके जिल्लाका विभिन्न ग्रामिण क्षेत्र तथा छिमेकी जिल्लाहरू संगै छिमेकी मुलुक भारतबाट समेत सर्वसाधारणहरु आउने गर्दछन्

दशहरा मेला लाग्ने स्थल वरीपरी विभिन्न स्टलहरूसमेत राखिएका छन् । महोत्सव आसपासका सडकहरु झिलीमिली पारीएको छ भने शान्तिसुरक्षा सुदृढ बनाइएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए ।

वर्षौँदेखि आयोजना हुँदै आएको रामलिला महोत्सवमा नारद मोह, रामजन्म, ताड्का बध, जनकपुर आगमन, बजार फूलबारी, धनुष यज्ञ, पर्शुराम, बाणासुर लिला, सीता स्वयम्बर, राम वनबास, दशरथ मरण, सीताहरण, लङ्कादहन र लक्ष्मण शक्ति बाणलगायत लिला प्रदर्शन गरिसकिएको समितिका सदस्य भरतकिशोर वैश्यले जानकारी  दिएका छन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।