ताजा अपडेट »

क्यानडाबाट स्वदेश फर्किए संदिप, अमेरिकाको प्रवेशाज्ञा नहुदा पाएनन् जान

टाेलिका अन्य सदस्य भने क्गेयानडाबाट अमेरीका प्रस्थान

शुक्रबार, २५ असोज २०८१, २० : ४३
18 Shares
शुक्रबार, २५ असोज २०८१
18 Shares

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली क्यानडा बाटै आईसीसी क्रिकेट वर्ल्ड कप लिग- २ प्रतियोगिता अन्तर्गतको शृङ्खला खेल्नका लागि अमेरिका प्रस्थान गरे पनि टोलीका  प्रभावशाली स्पिनर सन्दीप लामिछाने भने स्वदेश फर्किएका छन् ।सन्दीपसँग अमेरिकाको भिसा (प्रवेशाज्ञा ) नभएका कारण उनी क्यानडाबाट नेपाल फर्किएका हुन् । सन्दीपले  पटक-पटक आवेदन गर्दा समेत नेपालस्थित अमेरिकी राजदूतावासले  उनलाइर्भि सा दिन अस्वीकार गर्दै आएको छ ।

सन्दीपले आफूविरुद्ध लागेको जबरजस्ती करणी मुद्दामा भने उच्च अदालत पाटनबाट सफाइ पाइसकेका छन् र महान्यायाधिवक्ताको कार्यालयले पनि उच्च अदालत पाटनको निर्णयविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने बताइसकेको छ । तर, अमेरिकी दूतावासले भने सन्दीपलाई अझै पनि भिसा दिन अस्वीकार गगरीरहेको छ । सन्दीपले आईसीसी क्रिकेट वर्ल्ड कप लिग- २ अन्तर्गतको शृङ्खला खेल्न क्यानडा प्रस्थान गर्नुभन्दा निकैअघि अमेरिकी दूतावासमा भिसाका लागि आवेदन गरेका थिए ।

अमेरिकी दूतावासमा सन्दीपले गरेको भिसा आवेदन अझै पनि 'होल्ड' मा छ । त्यसपछि उनी पासपोर्ट फिर्ता लिएर क्यानडा प्रस्थान गरेका थिए । नेपाल क्रिकेट संघका प्रवक्ता छुम्बी लामाका अनुसार सन्दीप नेपाल फर्किएपछि पुनः अमेरिकी दूतावासमा भिसाको प्रक्रिया अघि बढाइने छ । महान्यायाधिवक्ताको कार्यालयले सन्दीपको मुद्दामा सर्वोच्चमा पुनरावेदन नगर्ने निर्णय गरिसकेकाले दूतावासले अब उनलाई भिसा दिन सक्ने विश्वास पनि क्यानले लिएको छ । अमेरिकामा लिग २ प्रतियोगिता अक्टोबर २५ तारिखदेखि सुरु हुनेछ ।

प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल अक्टोबर २७ तारिखमा आयोजक अमेरिकासँग खेल्नेछ भने नेपाली टोलीले आफ्नो दोस्रो खेल २९ तारिखमा स्कटल्यान्डसँग खेल्नेछ । नेपाली टोलीले नोभेम्बर २ तारिखमा आफ्नो तेस्रो खेल अमेरिकासँग खेल्नेछ । नोभेम्बर ४ तारिखमा नेपालले आफ्नो चौथो खेल स्कटल्यान्डसँग खेल्ने  कार्यक्रम छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।