ताजा अपडेट »

नेपाललाई ‘रिटायर्ड टुरिज्म’को गन्तब्य बनाउन सक्नुपर्छः  लाक्पाफुटी शेर्पा

शुक्रबार, २५ असोज २०८१, २० : २८
16 Shares
शुक्रबार, २५ असोज २०८१
16 Shares

काठमाडौं । पर्यटन व्यवसायी एवम पर्वतारोही लाक्पाफुटी शेर्पाले नेपालमा ‘रिटायर्ड टुरिज्म’ संभावना रहेकाले सरकारले त्यसको अवधारणा अघि सार्नुपर्ने सुझाव दिएकी छिन् । उनले विदेशीहरु आफ्नो अवकाश जीवन नयाँ नयाँ ठाउ घुमेर विताउन चाहने भएकाले नेपालले ‘रिटायर्ड टुरिज्म’को अवधारणा बनाएर प्रवद्र्धन गर्नुपर्ने सुझाव दिएकी हुन् ।

‘यतिबेला राइट ठाउँमा राइट मिनिस्ट्री हुनुहुन्छ । पर्यटन मन्त्री बद्री पाण्डेको सुरुवाती नै राम्रो देखिएको छ । जस्तो पर्यटन बोर्डको सिइयो नियुक्ति ।  उहा आर्थिक प्रलोभनमा उहाँ पर्नुहुन्छ जस्तो लाग्दैन । त्यसैले उहाँलाई मेरो सुझाव के छ भने नेपालले थप दशवटा जहाज किन्नुपर्छ । 

विदेशी नागरिकहरू आफ्नो देशमा ६५ बर्षसम्म  मात्र काम गर्छन  त्यसपछि घुम्न चाहन्छन । उनीहरुलाई नेपाल घुम्न र बस्नका लागि फ्रि भिसाको अवधारणा ल्याएर वा कुनै सहुलियत दिएर नेपाल भित्र्याउन सक्नुपर्छ,’ उनले भनिन,‘मन्त्री पाण्डेकै कार्यकालमा रिटायर्ड टुरिज्म सुरु होस । विदेशीहरु अपार्टमेन्ट वा लक्जरी होटलमा बस्न रुचाउँछने र खर्च पनि गर्ने भएकाले अवकास जीवन विताइरहेकाहरु परिवार सहीतनै नेपाल घुम्न आउने वातावरण बनाउनुपर्छ ।’

काम गर्नेहरुलाई नेपालको सिस्टमले अवरोध खडा गर्ने  गरेकाे उल्लेख गर्दै उनले १० वटा जहाज खरिद गर्न र रिटायर्ड टुरिज्म विकास गर्न ढिला गर्न नहुने पनि बताइन । प्राकृतिक र वातावरणीय दृष्टिकोणले बस्नका लागि नेपाल उपयुक्त गन्तब्य भएकाले एउटा निश्चित मापदण्ड बनाएर रिटायर्ड पर्यटक नेपाल  भिोयाउनु पर्ने उनले बताइन ।

पर्यटन क्षेत्रमा सरकारले लगाइरहेको केही अनावश्यक कर हटाउन पनि माग पनि उनले गरिन । नेपाल कृषी पर्यटनका लागि उपयुक्त थलाे भएकाले विश्वका विभिन्न देशमा कृषिजन्य बस्तुहरु निर्यात गर्न सकिने  गरी एग्रो टुरिज्मको विकासमा लाग्नुपर्ने उनले  बताइन । नेपालमा इमान्दार र विधिपूर्वक व्यवसाय गरिरहेकाहरुलाई माफिया भनेर आरोप लगाउने गरेको भन्दै माफिया शब्दप्रति आपत्ति जनाइन ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।