ताजा अपडेट »

बुटवलबाट छुटेको जिप गुल्मीमा दुर्घटना, १४ जना घाइते

शुक्रबार, २५ असोज २०८१, १३ : ०९
654 Shares
शुक्रबार, २५ असोज २०८१
654 Shares

बुटवल   गुल्मीमा शुक्रबार विहान जीप दुर्घटनामा परी १४ जना घाईते भएका छन । बुटवलबाट रिडी-रुद्रबेणी-वामीटक्सारहुँदै वाग्लुङ्को बडिगाड गाउँपालिका अन्तरगत खौलारतर्फ जाँदै गरेको लु १ ज ४४४८ नम्बरको यात्रु वाहक जीप गुल्मीको मुसिकोट नगरपालिका ५ स्थित ईन्देगौंडामा दुर्घटना भएको हो ।

दुर्घटनामापरि चालक सहित १४ जना घाईते बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक शंकर पोख्रेलले जानकारी दिए । घाईतेहरु मध्य केहीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको छ भने अन्यलार्ई थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पा ल्याइएको छ ।

बिहान नौ वजेको समयमा भएको उक्त दुर्घटनामापरि घाईते भएकाहरु मध्य तीन जनाको अबस्था गम्भिर रहेको छ । दुर्घटनामा परेकाहरुलाई नेपाल प्रहरी, नगर प्रहरी र स्थानीयहरुको सहयोगमा उद्धार गरिएको थियो । जीप अचानक अनियन्त्रित हुँदा सडकबाट १५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।