ताजा अपडेट »

प्रधानमन्त्रीले यसपालीको दसैँमा टीका नलगाइदिने, बाढी पीडितको उद्धारमा जोड

शुक्रबार, २५ असोज २०८१, १२ : १४
18 Shares
शुक्रबार, २५ असोज २०८१
18 Shares

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् । सामाजिक सञ्जाल फेसबूकमार्फत बडादशैंको शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले यस्तो जानकारी गराएका हुन् ।

'प्राकृतिक विपद्ले दिएको पीडाबाट मुक्त हुन केन्द्रित हुनुपर्ने भएकाले पहिलेका वर्षहरूमा जस्तो यसपालि विजया दशमीको टीका उल्लासपूर्ण हुने छैन । परिवारका सदस्यहरूसँग बाहेक यसपटक टीका लगाउने कार्यक्रम राखिएको छैन,' भिडियो सन्देशसँगै प्रधानमन्त्री ओलीले लेखेका छन् ।

'भारी मनका साथ दशैं मनाउँदैछौं । म पनि रमाउन सकिरहेको छैन । सरकारको नेतृत्व गरिरहेकाले उहाँ (पीडित)हरूको आँसु पुछ्ने, राहत दिने, पुनर्निर्माणका कामहरू गर्ने र चाडबाडको आवागमनलाई सहज एवं सुगम बनाउने उत्तरदायित्वमा लागिरहेकाको छु,' प्रधानमन्त्री ओलीले भने ।

उनले बाढीपहिरोबाट विस्थापितहरूलाई पहिलेकै अवस्थामा अथवा अझ सुन्दर संरचना निर्माण गरेर पुन:स्थापित गर्ने उनले बताए ।

अघिल्लो कार्यकालमा ओलीले प्रधानमन्त्री हुँदा सर्वसाधारणलाई टीका लगाइदिएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।