ताजा अपडेट »

पूर्व प्रधानमन्त्री माधव नेपाल पत्नी गायत्री घरमा लडेर घाइते

शुक्रबार, २५ असोज २०८१, १२ : ०६
12 Shares
शुक्रबार, २५ असोज २०८१
12 Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालकी पत्नी गायत्री नेपाल किचनमा लडेर घाइते भएकी छन् ।

पार्टीनिकट समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदीले यस्तो जानकारी दिएका हुन् । शुक्रबार बिहान किचनमा काम गरिरहेको अवस्थामा पोखिएको दूधमा चिप्लिएर लडेको सुवेदीले फेसबूकमा उल्लेख गरेका छन् ।

'आदरणीय कमरेड गायत्री नेपाल आचार्यको शीघ्र स्वास्थ्यलाभको कामना । आज बिहानै पार्टी अध्यक्ष कमरेड माधवकुमार नेपालले विभिन्न विषयमा  छलफल गर्न मलाई घरमा बोलाउनुभएको थियो । उहाँ हामीसँग कुराकानीमा व्यस्त हुँदा किचेनमा काम गरिरहनुभएकी उहाँकी धर्मपत्नी कमरेड गायत्री पोखिएको दूधमा चिप्लिएर लड्नुभयो । उहाँको देब्रे हात भुइँमा बजारिएर फ्याक्चर भएको छ । अध्यक्ष कमरेड आफैंले उहाँलाई बीएन्डबी अस्पताल ग्वार्को लैजानुभयो, साथमा कमरेड नितेश पनि हुनुहुन्छ । कमरेडको शीघ्र स्वास्थ्यलाभको कामना,' सुवेदीले फेसबूकमा लेखेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।