ताजा अपडेट »

प्रसिद्ध उद्योगपति रतन टाटाको निधन

विहीबार, २४ असोज २०८१, ०७ : ०२
420 Shares
विहीबार, २४ असोज २०८१
420 Shares

नयाँ दिल्ली । भारतको प्रसिद्ध टाटा कम्पनीका मालिक उद्योगपति रतन टाटाको बुधबार राति मुम्बईको एक अस्पतालमा निधन भएको छ । टाटा सन्सका अध्यक्ष एन. चन्द्रशेखरनले टाटा समूहको तर्फबाट एक विज्ञप्ति जारी गर्दै रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको पुष्टि गरेका छन्।

उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको थियो। उनी उमेरसँग सम्बन्धित रोगबाट पीडित थिए । राति करिब २ बजे उनको शव अस्पतालबाट घर ल्याइएको थियो । महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले टाटाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने बताएका छन्।

रतन टाटाको जन्म २८ डिसेम्बर १९३७ मा भएको थियो । भारत सरकारले रतन टाटालाई पद्मविभूषणबाट सम्मानित गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।