ताजा अपडेट »

बुटवलबाट गुल्मी जाँदै गरेको जीप दुर्घटना, १५ जना घाइते, १ को अवस्था चिन्ताजनक

बुधबार, २३ असोज २०८१, १६ : ००
6.94K Shares
बुधबार, २३ असोज २०८१
6.94K Shares

बुटवल । बुटवलबाट गुल्मी शान्तिपुर जाँदै  गरेको जीप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । बुधबार बुटवलबाट गुल्मी जाँदै गरेको लु १ ज २०८८ नम्बरको जीप सत्यवती गाउँपालिका १, कुडालीमा आफै अन्यन्त्रीत भई पल्टिँदा दुर्घटना भएको हो ।

दुर्घटना परी जीप सवार सबै १५ जना घाइते भएको रार्जमाग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी साहयक निरीक्षक कृष्ण सुनारले जानकारी दिए । घाइते मध्य १ जनाको अवस्था गम्भीर रहेको छ भने ११ जनाको अवस्था मध्यम र ३ जनाको अवस्था सामान्य रहेको प्रहरी साहयक निरीक्षक कृष्ण सुनारले बताए ।

बाग्लुङको बरेङडाँडा गाउँपालिका  ३ का ४० वर्षीय खड्कबहादुर क्षेत्रीको अवस्था गम्भीर छ । घाइते सबैलाई थप उपचारका लागि पाल्पा मेडिकल कजेल प्रभासमा रिफर गरिएकोउनले बताए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।