ताजा अपडेट »

सुपादेउरालीमा यसपालीको दसैँदेखि झड्का पिङसहितका शाहसिक खेल खेल्न पाइने

बुधबार, २३ असोज २०८१, १५ : १३
174 Shares
बुधबार, २३ असोज २०८१
174 Shares

बुटवल । धार्मिक तथा पर्यटकीय स्थल अर्घाखाँचीको सुपादेउराली दर्शन गर्न जाँदा अब शाहसिक खेल झड्का पीङ लगायतका मनोरञ्जन पनि प्राप्त गर्न सकिने भएको छ । अर्घाखाँचीको सुपादेउराली घुम्न आउने पर्यटक लक्षित ए. एस एडेभन्चरले झड्का पिङ, पारिवारिक झुला, सिसाको भ्यूप्वाइन्ट र हत्केलाको भ्यू प्वइन्टबाट सुपादेउराली मन्दिरलाई पृष्ठभूमिमा राखेर सेल्फी जोनको निर्माण गरेको छ । 

सुपादेउराली मन्दिर र लाहुरे टाँसिएको भीरले प्रसिद्ध सितगँगा नगरपालिका–२ फलाचौरमा २ रोपनी क्षेत्रफलमा विभिन्न शाहसिक खेलसँगै मनोरञ्जनात्मक जोन निर्माण गरेको ए.एस एडभेन्चरले शाहसिक खेल जिपलाइन समेत निर्माण गर्ने तयारी गरेको छ । यसैगरी सुविधासम्पन्न रेष्टुरेन्ट, पिकनिक स्पोर्ट लगायतका संरचनाहरु निर्माणको क्रममा रहेको कम्पनीका सञ्चालक सिर्जन थापाले जानकारी दिए । 

as adveture

यसपालीको दशैदेखि विशेष छुटसहित पर्यटकलाई मनोरञ्जनका विभिन्न सेवाहरु प्रदान गर्न सुरु गरिएको थापाले जानकारी दिए । पर्यटकहरुले एक हजार रुपैयाँको कम्बो प्याकेज अनुसार झड्का पिङ, झुला खेल्न पाउने छन् भने, हत्केलाको भ्यूप्वइन्ट तथा सिसाको भ्यूप्वयन्टबाट सुपादेउराली मन्दीर, लाहुरे टाँसिएको भिर अवलोकनका साथै सेल्फी खिच्न पाउने छन् । बालबालिकाहरुका लागि समेत झुला तथा विभिन्न खेलको व्यवस्था गरिएको कम्पनीका अर्का सञ्चालक अर्जुन कुंवरले जानकारी दिए । आन्तरिक तथा बाह्य पर्यटक लक्षित संरचनाहरु निर्माण गरेर शाहसिक खेल तथा मनोरञ्जनात्मक स्पार्ट निर्माण गर्न लागिएको सञ्चालक कुंवरले जानकारी दिए । निकट भविष्यमै जिपलाइन सञ्चालनको तयारीमा रहेको तथा अन्य शाहसिक खेलहरु पनि भित्र्याइने उनले बताए । हालसम्म डेढ करोड बढी लगानी गरिसकेको एएस एडभेन्चर कम्पनीले सबै संरचना तयार पार्नका लागि साढे २ करोड खर्च अनुमानसहित गुरुयोजना बनाएर अघि बढेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।