ताजा अपडेट »

छिन्नमस्ता र कङ्कालिनीमा दर्शनार्थीको भीड

बुधबार, २३ असोज २०८१, ११ : १६
18 Shares
बुधबार, २३ असोज २०८१
18 Shares

राजविराज । नवरात्र सुरु भएसँगै जिल्लाका विभिन्न स्थानमा रहेका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ । नवरात्रको छैटौँ दिन आज बिहानैदेखि छिन्नमस्ता र कङ्कालिनी मन्दिरमा भक्तजनको भीड लागेको छ ।

नवरात्रमा यी शक्तिपीठमा हजारौँ भक्तजन आउने गरेका स्थानीय बद्री पैकराले बताए । भारतबाट पनि धेरै भक्तजन पूजा गर्न आउने गरेका छन् । घटस्थापनाका दिनदेखि नै यी शक्तिपीठमा देवीका उपसक र भक्तहरू भजन तथा देवीस्तुतिका साथ पूजार्चना गरिरेका छन् । रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।