ताजा अपडेट »

बुटवल–पाल्पा सडकमा टिप्पर र मोटर साइकल आपसमा ठोक्किँदा एक युवाको मृत्यु

बुधबार, २३ असोज २०८१, ०७ : ११
3.65K Shares
बुधबार, २३ असोज २०८१
3.65K Shares

बुटवल । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–पाल्पा सडक खण्डमा मँगलबार साँझ भएको सवारी दुर्घटनामा परी एक युवाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार रामपुर नगरपालिका–१ हाँकेपिपल बस्ने २२ वर्षीय नारायण उचईको ज्यान गएको हो । 

बुटवलदेखि पाल्पातर्फ जाँदै गरेको लु २ ख ४६३१ नम्बरको टिप्परलाई ओभरटेक गर्ने क्रममा लु ३१ प ६५०७ नम्बरको मोटरसाइकलाई तानसेन नगरपालिका–८ डुम्रेमा ठक्कर दिएको थियो । दुर्घटनामा मृतक उचईसहित मोटरसाइकल चलाईरहेका सोही ठाउँका १८ वर्षीय प्रविन उचई घाइते भएका थिए । घटनापछि उद्द्धार गरेर उनीहरुलाई लुम्बिनी मेडिकल कलेज प्रभास लगिएको थियो । गम्भिर घाईते नारायणलाई थप उपचारका लागि भैरहवा मेडिकल कलेज रिफर गरिएको थियो । उनको उपचारकै क्रममा बुधबार विहान निधन भएको प्रहरीले जनाएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।