ताजा अपडेट »

नेपालमा उडान भर्दा विदेशी एयरलाइन्सले पहिलो अवतरण भैरहवा वा पोखरा विमानस्थलमा गर्नुपर्ने

मंगलबार, २२ असोज २०८१, २२ : ४८
10 Shares
मंगलबार, २२ असोज २०८१
10 Shares

काठमाणडाैं । त्रिभुवन विमानस्थल आउने विदेशी एयरलाइन्सले अब अधिकतम एक उडानमा गौतमबुद्ध वा पोखरा विमानस्थलमा पहिलो अवतरण गर्नुपर्ने भएको छ। नागरिक उड्डयन प्राधिकरणले काठमाडौं आउने विदेशी कम्पनीले उडानमा अधिकतम एकपटक भैरहवा वा पोखरामध्ये एक विमानस्थलमा पहिलो अवतरण गर्नुपर्ने प्रबन्ध गरेको हो।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जीबीआईए) र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पीआईए) मार्फत अन्तर्राष्ट्रिय कनेक्टिभिटीलाई थप प्रोत्साहन गर्न यस्तो व्यवस्था गरेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। र  यसका लागि सहयोगको अपेक्षा समेत प्राधिकरणले गरेकाे जनाएको छ।

सरकारले अबाै रिण लगानी गरेर  निर्माण सम्पनन भएका यि दुइ अन्तर्राष्टिय एअरपाेर्ट बर्षाै सम्म पनि संचालनमा आउन नसक्दा  एअरपाेर्ट संचालन पछिकाे व्यवसायीक भविश्यकाे आशा गरेर  निजि क्षेत्रले पर्यटन क्षेत्रमा गरेकाे अर्बाैकाे लगानी डुब्ने स्थीितिमा  पुगेकाे छ ।

भैरहवा र पाेखरामा निजीक्षेत्रे पर्यटनमा मात्रै अर्बाैकाे लगानी गरेकाे छ । एअरपाेर्ट संचालनकै आशामा ठुला पाँच तारे हाेटल देखी साना बजेट हाेटल, रेष्न्टुरेन्ट, बार, बाटर पार्क, बन्जी, ट्राभल, यातायात जस्था अनेकाै पर्यटक लक्षीत व्यवसायमा गरेकाे ठुलाे लगानी जाेखिममा परेकाे छ । 

नागरिक उड्डयन प्राधिकरणले काठमाडौं आउने विदेशी कम्पनीले उडानमा अधिकतम एकपटक भैरहवा वा पोखरामध्ये एक विमानस्थलमा पहिलो अवतरण गर्नुपर्ने प्रबन्ध गरेसंगैकाे  खबरले  यस क्षेत्रका पर्यटन  व्यवसायीहरूमा नया आशाकाे संचार भने अवस्यनै भएकाे छ।

462555028_930972662428191_2275232340480156628_n_iMevNuET0U

 

 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।