ताजा अपडेट »

७५ वर्षीय बाबुकाजी बराल सम्पर्कविहिन, खोजि गरिदिन परिवारको अपिल

मंगलबार, २२ असोज २०८१, १६ : ५९
176 Shares
मंगलबार, २२ असोज २०८१
176 Shares

बुटवल । काठमाडौँको जोरपाटीका ७५ वर्षीय बाबुकाजी बराल सम्पर्कविहीन भएका छन् । सोमबार दिउँसो १ बजेदेखि घरमा कसैलाई पनि नभनि बेपत्ता भएको बाबुकाजीका नाती विवेक खड्काले बताए ।

एक ट्याक्सी डाइभरलाई भैरहवा जान्छु भनेको र सिसिटिभि हेर्दा रुपन्देहीमा गएको हुन सक्ने देखिएको नाती खड्काले बताए ।

‘यस भन्दा अघि घरबाट बाहिर जाँदा परिवारका सदस्यलाई जानकारी गराउने गरेता पनि यस पटक कुनै जानकारी नदिई घरबाट हिड्नु भयोे उनले भने ‘नशा सम्बन्धी औषधी खानु हुन्थ्यो । तर, पनि स्वास्थ्य अवस्था त राम्रै नै थियो ।’ उनले आफ्ना हजुरबुबाको खोजि गरिदिन सम्बन्धीत निकाय र आम नागरिकलाई अपिल समेत गरेका छन् ।

साथै हजुरबालाई कसैले कहि कतै देखे नजिकको प्रहरी कार्यालय वा ९८४१८७०१६०,९८१३७१९३०१, ९८४९१६९१०७ मा सम्पर्क गर्न आग्रह गरे । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।