ताजा अपडेट »

नुवाकोटबाट बुटवल आउँदै गरेको मोटरसाइकल दुर्घटना, २ जना युवाको मृत्यु

मंगलबार, २२ असोज २०८१, १३ : ४१
3.20K Shares
मंगलबार, २२ असोज २०८१
3.20K Shares

बुटवल । नुवाकोटबाट बुटवल तर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मंगलबार विहान बुटवल उपमहानगरपालिका १३ नुवाकोट भ्यू प्वाईन्ट स्थित नुवाकोटबाट बुटवल तर्फ आउँदै गरेको लु ४१ प २०१० नम्बरको मोटरसाइकल  अनियन्त्रित भई सडकबाट ६० मिटर तल खसेको थियो ।

दुर्घटनामा परी मोटरसाइकलका चालक बुटवल उप–महानगरपालिका–११ बुद्धनगरका १९ वर्षीय बिशाल परियार र पछाडि सवार दाङकोे राप्ति गाउँपालिका–२ का १८ वर्षीय दिनेश कुवरको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका इन्सपेक्टर धर्मराज खत्रीले ग्लोबल आवाजलाई जानकारी दिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।