ताजा अपडेट »

दशैंमा राजधानी छोड्नेको संख्या आधाले घट्यो

मंगलबार, २२ असोज २०८१, १३ : ०९
58 Shares
मंगलबार, २२ असोज २०८१
58 Shares

काठमाडौँ । यस बर्ष दशैमा राजधानी छाड्नेको संख्या गत वर्षको भन्दा आधाले घटेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार अहिलेसम्म ५ लाख ६६ हजार २ सय ८१ जनाले दशैका लागि काठमाडौं छाडेका छन् । पछिल्लो २४ घण्टामा १ लाख भन्दा बढीले राजधानी छाडेको कार्यालयका प्रवक्ता डीएसपी रविन कार्कीले जानकारी दिएका छन् ।

गत वर्ष यहि अवधिमा १० लाखभन्दा बढीले राजधानी छाडेका थिए । काठमाडौं जोड्ने अधिकांस राजमार्ग अविरल वर्षाका कारण क्षतविक्षत भएपछि यस बर्ष दशैमा राजधानी छोड्नेको संख्या आधाले घटेको हो । अहिले पनि बाढीले सडक बगाएका अरनिको राजमार्ग, वीपी राजमार्ग संचालन हुन सकेका छैनन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।